scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

नाकाबन्दी गर्ने बैरीलाई नछोड्ने किम जोन उनको चेतावनी

एजेन्सी, २८ चैत्र । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमाथि नाकाबन्दी लगाउने कसैलाई पनि नछोड्ने बताएका छन् ।

फेब्रुअरी महिनामा अमेरिकासँग भएको असफल वार्तापछि पहिलो पटक नेता उनको यस्तो प्रतिक्रिया आएको हो । नेता किमले उत्तर कोरिया आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएको भन्दै नाकाबन्दी लगाउनेहरुलाई कडा जवाफ फर्काउने चेतावनी दिएको त्यहाँको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

‘नाकाबन्दीले हामीलाई घुँडा टेकाउन खोज्ने बैरीलाई कडा जवाफ दिने छौं’, उनलाई उद्धृत गर्दै केसिएनए लेखेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob