scheduleआइतवार श्रावण ५ गते, २०७६

बढ्यो सुनको भाउ, चाँदीको स्थिर


काठमाडौं, २८ चैत । बिहीबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँ रहेको छापावाला सुन बिहीबार ६० हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य भने बिहीबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने बुधबारको तुलनामा बिहीबार स्थिर रहेको छ । बुधबार प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob