scheduleबिहिवार बैशाख १२ गते, २०७६

एकैपटक तिम्ल्याहा सन्तान, दुईको मृत्यू


सप्तरी, २८ चैत । सिरहामा एक महिलाले तीन सन्तान जन्माएकी छन् । सप्तरीको खडक नगरपालिका-२, दुबहीकी स्थायी बासिन्दा २७ वर्षीया श्यामकुमारी सदायले तिम्ल्याहा सन्तान जन्माएकी हुन् ।

सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहानमा रहेको एक नर्सिङ होममा ल्याइएको थियो । उनले बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ ।

एक जीवित सन्तानलाई एकलाई भेन्टिलेशनमा राखिएको स्थानीय अगुवा राजेश विद्रोहीले जानकारी दिए । श्यामकुमारीको घरमा ३ र २ वर्षका दुई छोरी छन् ।

सप्तरीक‍ो कडरबोना स्वास्थ्य चौकीमा उनले नियमित स्वास्थ्य परिक्षण गर्दै आएकी थिइन् । तर, स्वास्थ्य चौकीले त्यस्तो कुनै जानकारी र सुझाव नदिएकोले सन्तान जोगाउन नसकिएको पीडितको गुनासो छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob