scheduleशनिवार जेष्ठ ११ गते, २०७६

बोनसमा आएको ९६.१ करोड डलर दान गर्दै श्याओमीका फाउण्डर जुन


बेइजिङ, २८ चैत । स्मार्टफोन कम्पनी श्याओमीका फाउण्डर तथा सीईओ हुन् ४९ वर्षीय जुन । उनलाई ९६.१ करोड डलर रुपैयाँ बराबरको शेयर बोनस प्राप्त भयो ।

कम्पनीमा योगदान दिएबापत प्राप्त भएको उक्त बोनस उनले दान गर्ने घोषणा गरेका छन् । कम्पनीले बुधबारको नियमित सूचना अद्यावधिकको क्रममा यस्तो जानकारी दिएको छ । यद्यपि, दान कसलाई दिने भन्नेबारेमा भने केही खुलाइएको छैन ।

चीनमा पछिल्लो वर्ष स्मार्टफोनको बिक्री घटेपछि श्याओमीको शेयरको मूल्य घटेको थियो । उसले स्यामसङ, एप्पल, हुवावे, ओप्पो र भिभोसँगको प्रतिष्पर्धा सामना गर्नुपरेको थियो । १० वर्ष पुरानो कम्पनी श्याओमीको शेयर गतवर्ष जुलाईमा हङकङको शेयर बजारमा सूचिकृत भएको थियो ।

श्याओमीको शेयरमा गिरावटको बावजुद जुनको खुदमूल्य ११ अरब डलर थियो । ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार संसारको ५०० अरबपतिको सूचिमा उनको नाम १२६ औं स्थानमा छ ।
अनुसन्धान कम्पनी आईडीसीका अनुसार २०१८ मा श्याओमी संसारको चौथो ठूलो स्मार्टफोन कम्पनी थियो । गत वर्ष कम्पनीको ह्याण्डसेट डेलिभरी ग्रोथ ३२.२ प्रतिशत रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob