scheduleसोमवार भाद्र २ गते, २०७६

एक युवती जसले सम्भव बनाइन् बहुचर्चित ब्ल्याक होलको तस्बिर

काठमाडौँ, २८ चैत । बुधबार सबैको कौतुहलको विषय बनेको ब्ल्याक होलको तस्बिर सार्वजनिक भयो । पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको उक्त तस्बिरलाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित/प्रसारित गरे ।

आखिर कसरी सम्भव भयो उक्त तस्बिर लिन ? यसबारे भने कमैको ध्यान गएको देखिन्छ । उक्त तस्बिर सम्भव बनाउन एकजना युवतीले निकै मेहनत गरेकी थिइन् ।

यस्तो युगीन काम गर्ने ती युवतीको नाम हो, कैटी बुमन। बुमन पेशाले वैज्ञानिक हुन् ।

हाल क्यालिफोर्निय इन्स्टिच्युट अफ टेक्नोलोजीमा गणित तथा कम्प्युटर विज्ञान पढाउँदै आएकी बुमनले तीन वर्षअघि नयाँ एल्गोरिदम विकास गरेकी थिइन् । बुमनले एमआइटी अबजर्वेटरी एण्ड द हार्बार्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्समा अध्ययन गर्दै गर्दा नयाँ एल्गोरिदम विकास गरेकी हुन् ।

बुमनले ३ वर्ष पहिला नै नयाँ एल्गोरिदम प्रयोग गरेर बनाएको ब्ल्याक होलको पहिलो तस्बिर बुधबार तस्बिर सार्वजनिक गरिएको हो ।

‘तीन वर्ष पहिला कैटी बुमनले ब्ल्याक होलको पहिलो तस्बिर बनाउने कार्यको नेतृत्व गरेकी थिइन् र आज उक्त तस्बिर सार्वजनिक गरिएको छ’, एमआइटीको ल्यावले ट्विट गरेको छ ।

यो पनि पढ्नुहोस्-

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हो ब्ल्याक होल ?

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage