scheduleशुक्रवार श्रावण ३ गते, २०७६

सात वर्षपछि विकिलिक्सका संस्थापन असान्ज पक्राउ

एजेन्सी, २८ चैत्र । विकिलिक्सका संस्थापन जुलियन असान्ज पक्राउ परेका छन् । असान्जलाई बिहीबार लण्डनस्थित इक्वेडरको राजदूतावासबाट पक्राउ गरिएको हो ।

इक्वेडरको राजदूतावासमा प्रवेश गरी जुलियन असान्जलाई पक्राउ गरिएको लण्डन प्रहरीले जनाएको छ । असान्ज गत सात वर्षदेखि उक्त दूतावासमा शरण लिएर बसेका थिए ।  असान्जलाई प्रहरीले सन् २०१२ मा आत्मसमर्पण गर्न भनेको थियो तर इक्वेडरले उनलाई प्रहरीसमक्ष सुम्पिन नमानेपछि दुतावासमा नै शरण लिएर बसेका थिए ।

इक्वेडरको सरकारले असान्जलाई थप शरण दिन नमानेपछि राजदूतावासमा प्रवेश गरेर प्रहरीले असान्जलाई पक्राउ गरेको हो । उनलाई यथाशीध्र अदालतमा हाजिर गराइने प्रहरीले बताएको छ ।

सात वर्षअघि असान्जले यौन दुराचारको आरोप लागेपछि स्विडेनमा सुपुर्दगी हुने डरले इक्वेडरको राजदूतावासमा शरण लिएका थिए । तर पछि स्विडिस सरकारले उनीमाथि लगाइएको उक्त आरोप फिर्ता लिएको थियो । विकिलिक्सले सार्वजनिक गरेका गोप्य सूचनाका कारण गिरफ्तार गरी आफूलाई अमेरिका पठाइने भयले असान्ज दूतावासभित्र नै बस्दै आएका थिए ।

असान्जले आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob