scheduleआइतवार श्रावण ५ गते, २०७६

पोखराबाट एकताको सन्देश दिनुपर्छ : सभापति देउवा

पोखरा, २९ चैत्र । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले  २०७६ साललाई पार्टी एकताको सन्देश दिँदै शुभारम्भ गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाले शुक्रबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै पार्टीलाई एकताबद्ध गरेर नयाँ वर्षको शुभारम्भ गर्नुपर्ने बताएका हुन् । उनले पोखराबाट पार्टी एकताको सन्देश दिन समेत आग्रह गरेका थिए । कास्की क्षेत्र नं २ मा आगामी दिनमा  हुन गइरहेको संसदीय उपनिर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्षको शुभकामना दिएका थिए । निर्धारित समयमा महाधिवेशन नभए काङ्ग्रेसलाई अपूरणीय क्षति हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने नेता पौडेलको जोड थियो ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको सभापतित्व पोखरा नगर समिति सभापति माया बरालले गरेकी थिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob