scheduleबिहिवार बैशाख १२ गते, २०७६

प्रतिबन्धित नेकपाका जनसरकार प्रमुखसहित २ नेता गिरफ्तार


कैलाली, २९ चैत । कैलालीको बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापा रहेका छन् ।

उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै नेतालाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob