scheduleबिहिवार बैशाख १२ गते, २०७६

यस्तो छ टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं, २९ चैत । दुरसंचार प्रदायक कम्पनि नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकमले आफ्ना ग्राहकलाई २०० रुपैयाँको प्याक उपलब्ध गराउने जनाएको छ।

नेपाल टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि वैशाख तीन गतेसम्म खरिद गर्नेगरी २०० रुपैयाँको प्याक किन्दा २०० रुपैयाँको प्याकअन्तर्गत ग्राहकले २०० मिनेट फोन गर्न र २०० म्यासेज पठाउन सक्ने बताएको छ ।

नेपाल टेलिकमले  तीन जिबी बराबरको डाटा पनि  उपलब्ध गराएको छ। यसका लागि *१४१५# डायल गरेर डाटा लिन सकिने व्यवस्था छ भने डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने  छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob