scheduleआइतवार भाद्र ८ गते, २०७६

सलमान भन्छन्- शाहरुख र आमिर लेजेण्ड, म त औसत अभिनेता


मुम्बई, ३० चैत । सलमान, आमिर र शाहरुख खान बलिउडमा पछिल्लो तीन दशकदेखि राज गरिरहेका छन् । उनीहरु टिकिरहेका मात्र छैनन्, उनीहरु बलिउडमा हिट फिल्म पनि दिइरहेका छन् ।

सलमान पछिल्ला दिनहरुमा अरु दुई खानभन्दा व्यस्त छन् । उनी अभियनका साथसाथै कयौं परियोजनाहरुको प्रोडक्सन पनि गरिरहेका छन् ।

पछिल्लो समय उनले डीएनएलाई दिएको एक अन्तर्वार्तामा बलिउडमा खानहरुको दबदबालाई लिएर बोलेका छन् । उनले भनेका छन्, ‘शाहरुख र आमिर लेजेण्ड हुन् र म त औसत दर्जाको एक अभिनेता हुँ ।’

उनले भने, ‘मलाई लाग्छ, फिल्म रोज्न सबैले गल्ती गर्छन् । तर, तीन खानमा शाहरुख र आमिर लेजेण्ड हुन् । उनीहरुको कुनै एक फिल्म फ्लप भए पनि अघिल्लो फिल्म भने सुपरहिट भइहाल्छ ।’

उनले अगाडि थपे, ‘मसँग पनि यस्तो हुन्छ । म पनि यो फिल्म हिट हुन्छ भनेर लिन्छु, तर फ्लप हुन्छ । कहिलेकाँही एकपछि अर्को फ्लप हुन्छ । जस्तो कि ट्युबलाइट र रेस-३ । म एक औसत दर्जाको कलाकार हुँ । किनकी मलाई अब अर्को फिल्म कस्तो लिने भन्नेबारे केही थाहा हुँदैन ।’

उनले भन्छन्, ‘मलाई थाहा छैन, म अहिलेसम्म कसरी टिकिरहेको छु ? मेरो समय सधैं उतारचढावमै चलिरहेको छ । यसको बावजुद मेरो फ्यान र फलोअरहरु राम्रै छन् ।

उनी खासगरी चुम्बनको दृश्य र नाङ्गो दृश्य दिन चाहँदैनन् । उनको तर्क छ, ‘म चाहन्छु, मेरो फिल्म परिवारका सबै सदस्यहरु सँगै बसेर हेर्न सकून् । समय त बदलिएको छ तर म अहिले पनि पर्दामा किस र नग्नतालाईघ लिएर अप्ठेरो महसुस गर्दछु ।’

सलमान पछिल्लो समय दबंग-३ को छायांकनमा व्यस्त छन् र उनको फिल्म भारतमा पोस्ट प्रोडक्सनको क्रममा छ । यसपछि उनी सञ्जय लिला भन्सालीको फिल्म इन्शाअल्लाहको सुटिङमा जुट्नेछन् । सलमान अघिल्लो एक वर्षसम्म यतिधेरै व्यस्त छन् कि उनले आफ्नो खास साथीलाई पनि समय दिन भ्याइरहेका छैनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage