scheduleबिहिवार बैशाख १२ गते, २०७६

धरानमा बस र कार ठोक्कियो, ३ जनाको मृत्यू


काठमाडौं, ३० चैत । सुनसरीको धरानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यू भएको छ ।

शुक्रबार राति कारले बस उछिन्न खोज्दा भएको दुर्घटनामा कारमा रहेका तीनैजनाको मृत्यू भएको हो भने अन्य ५ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा राति ११ बजे बा २० च ४०७६ नं. को कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा इटहरी-४ का अनील श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र ठेगाना नखुलेका मदन लिम्बु रहेका प्रहरीले जनाएको छ ।

अनियन्त्रित अवस्थामा रहेको कारले उछिन्नेक्रममा बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेहरुको विराटनगरस्थित नर्सिङ होममाउपचार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob