scheduleबिहिवार बैशाख १२ गते, २०७६

माल्दिभ्सको सत्तारुढ दलको आम निर्वाचनमा ऐतिहासिक जित


एजेन्सी, ३० चैत । माल्दिभ्सको सत्तारुढ दल माल्दिभ्स डेमोक्र्याटिक पार्टीले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेको छ ।

शुक्रबार माल्दिभ्सको निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्दै एमडीपी विजयी भएको घोषणा गरेको हो । केही दिन अगाडि भएको निर्वाचनबाट माल्दिभ्सको संसदको कूल ८७ सिटमध्ये ६५ सिटमा पार्टी विजयी भएको घोषणा गरिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता अहमद अक्रामका अनुसार माल्दिभ्सको इतिहासमै एउटै पार्टीले पहिलो पटक यति धेरै सिटमा जित हासिल गरेको हो । पूर्वराष्ट्रपति यमिनलाई जबरजस्ती हटाइएपछि माल्दिभ्समा गत शनिबार पहिलो पटक आम निर्वाचन भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob