scheduleबिहिवार बैशाख १२ गते, २०७६

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यू

प्रतिकात्मक तस्बिर

धादिङ, ३० चैत । धादिङको गजुरी गाउँपालिका-२ मा पर्ने बिहानी पेट्रोल पम्पनजिक सवारी दुर्घटना भएको छ ।

शनिबार बिहान भएको दुर्घटनामा परी गोर्खा भिमसेन थापा गापा-१ का २० वर्षीय अनिस बानियाँको मृत्यू भएको छ । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ७४६५ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा ७४ प ६७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गोर्खा सिरानचोक गा-६ का बर्ष २५ को शिव पुडासैनी हात-खुट्टामा चोट लागेर उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

बसलाई प्रहरीले नियन्त्रणमा राखेको प्रहरी नायक उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob