scheduleबुधवार बैशाख ११ गते, २०७६

नेपालको जितमा वर्षाको तगारो, यूएईसँग १ रनले पराजित


काठमाडौं, ३० चैत । आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । नेपालको जितमा वर्षा बाधक बनेको छ । नेपाल डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको हो ।

पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का लागेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन जोड्दा वर्षाले गर्दा खेल अवरुद्ध भएको हो । लामो समयसम्म वर्षा भइरहेपछि डकवर्थ लेविसका आधारमा नेपाल १ रनले पराजित भएको हो ।

यूएईबाट तेस्रो विकेटका लागि व्रित्य अरविन्द र अंश टन्डनले १ सय १ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपाल खेलमा पछि परेको थियो ।

नेपालले आज युनाईटेड अरब इमिरेट्सलाई २४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालको लागि हरि चौहान र भीम सार्कीले अर्धशतक जोडे । कमजोर अवस्थामा रहेको नेपाललाई लयमा फर्काउन उनीहरुले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरे । हरि चौहानले ७५ बल खेल्दै ७ चौकासहित ६६ रन जोडे । त्यसैगरी भिम सार्की ५४ बलमा ४ चौका र २ छक्कासहित ५३ रन जोडे ।

नेपालका लागि रित गौतमले ७३ बलमा ४४ रन, रोहित पौडेलले २३ बलमा ८ रन र आसिफ शेखले ३८ बलमा २७ रन जोडे ।

ओपनरका रुपमा आएका पवन सर्राफले ९ बलमा १२ रन जोडे भने जोराले ७ बलमा ४ रन मात्र जोडे । नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको हो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए । दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किएका हुन् । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।

सिंगापुरविरुद्ध जमेका रासिद खान ३ बलमा १ रन जोडेर आउट भए भने कुशल मल्ल पनि ३ बलमा १ रन जोडेर आउट भए ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित निर्धारित ५० को अन्तिम बलमा सबै विकेट गुमाउँदै २४७ रन जोडेको हो ।

पहिलो खेलमा सहज जित दर्ता गरेको नेपालको लागि आजको खेलले संकट बढाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob