scheduleबिहिवार बैशाख १२ गते, २०७६

कोरियामा स्टार रेमिट, नेपालका ४१ प्रमुख बैंकबाट दस मिनेटमै भुक्तानी

एसपी यादव/ दक्षिण कोरिया,  ३० चैत ।  कोरियामा पहिलो पटक नेपालीको लगानीमा संचालित स्टार रेमिटले नेपालका ४१ वटा प्रमुख बैंकहरुबाट १० मिनेट भित्रमा भुक्तानी सेवाको सुविधा ल्याएको स्टार रेमिटका नेपाल प्रमुख अशोक मैनालीले जानकारी गराएका छन् ।

यस अघि नगद भुक्तानी गर्दै आएको रेमिटले अब नेपालका ४१ वटा प्रमुख बैंकहरुमा तुरुन्तै रकम समेत जम्मा गर्न सकिने सुबिधा समेत बिस्तार गरेको छ ।

कोरियामा रहेका नेपालीहरुलाई विशेष सुबिधा दिने उदेश्यका साथ यो सुबिधा ल्याइएको नेपाल प्रमुख मैनालीले जानकारी गराए ।

कोरिया सरकारले अवैधानिक माध्यमबाट पैसा पठाउने कार्यलाई निरूत्साहित पार्न रेमिट कम्पनीहरूलाई अझ सहज पार्दै सेवा सुविधाहरुमा बढावा दिन थालेका छन् ।

स्टार रेमिटमा अटो डेविट, म्यानुअल सिष्टम, पहिलो रेमिट निशुल्क र रेमिटले एप दर्ता गर्ने ग्राहकहरुलाई ५ हजार कोरियन वनको कुपन दिने लगायतका सेवा मार्फत नेपालीहरु यस रेमिट प्रति आकर्षित भएका छन् ।

कोरियाको राजधानी सउलको दोंदेमुनबाट व्यवसायिक कारोबार शुरू गरेको स्टार रेमिट पछिल्लो समय कोरियाबासी नेपालीहरूमाझ अत्यधिक लोकप्रिय बन्दै गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob