scheduleआइतवार श्रावण ५ गते, २०७६

वैदेशिक रोजगारीमा असुरक्षित नेपाली, एक वर्षमै ८ सयले ज्यान गुमाए

काठमाडाैं, ३० चैत । रोजगारीका लागि नेपाली पुगेका देशमा मलेसिया र साउदी अरेविया सबैभन्दा बढि असुरक्षित देखिएका छन् । २०७५ सालमा विदेशमा ज्यान गुमाउनेको तथ्यांक अनुसार सबैभन्दा बढि मलेसिया र त्यसपछि साउदी रहेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक अनुसार २०७५ वैशाख १ गतेदेखि चैत २९ गतेसम्ममा मलेसियामा ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय ५३ जना रहेको छ ।

यो बोर्डमा आर्थिक सहायता लिन आउनेहरुको तथ्यांक हो । यस बाहेक पनि केही सङ्ख्यामा आवेदन दिइनसकेका हुनसक्ने बोर्डले जनाएको छ । यो एक वर्षमा साउदीमा ज्यान गुमाउनेको सङ्ख्या २ सय जना रहेको छ । साउदीमा एक महिला र एक सय ९९ जना पुरुषको मृत्यु भएको हो ।

कतारमा एक सय ३१ र युएईमा ९२ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ । यस्तै कुवेतमा ३७, दक्षिण कोरियामा २०, बहराइनमा १२ र ओमानमा ५ जना नेपालीको मृत्यु भएको छ । २०७५ सालमा २३ जना महिला र ७ सय ५९ पुरुषले ज्यान गुमाएको बोर्डको तथ्यांक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob