scheduleबुधवार बैशाख ११ गते, २०७६

सुडानका गुप्तचर प्रमुखद्वारा राजीनामा


खार्तुम । सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गरेको सेनाले जनाएको छ ।

विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा सहभागीहरुमाथि दमन गरेको आरोप सलिहमाथि लाग्दै आएको थियो ।

सलिहकै नेतृत्वमा हजारौं प्रदर्शनकारी, विपक्षी अधिकारकर्मीहरु तथा पत्रकारहरुलाई गिरफ्तार गरिएको आरोप लाग्दै आएको छ । एजेन्सी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob