scheduleबुधवार बैशाख ११ गते, २०७६

बार्सिलोना गोलरहित बराबरीमा समेटियो

काठमाडौँ, १ वैशाख । यस सिजन च्याम्पियन्स लिगलाई विशेष महत्व दिएको बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्ष हुएस्कासँग गोलरहित बराबरी खेल खेलेको छ ।

बार्सिलोना स्वारेज र मेस्सीबिनै मेदानमा उत्रिएको थियो । बार्सिलोनाले च्याम्पियन्स लिगका लागि उनीहरुलाई विश्राम दिएको बताएको थियो ।
बार्सिलोनाले खेलमा केही राम्रा अवसरहरु सिर्जना गरेको थियो । तर, गोल गर्न भने सकेन । बार्सिलोनाले हुएस्काविरुद्ध अधिकांश दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो ।

यो बराबरीसँगै बार्सिलोनाको ३२ खेलबाट ७४ अंक भएको छ । हुएस्का २५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob