scheduleशुक्रवार श्रावण ३ गते, २०७६

लुक्लामा समिट एयरको विमान दुर्घटना (अपडेट)

सोलुखुम्बु, १ वैशाख  । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको बेला चिप्लिएर समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

अपडेट
– दुर्घटनामा परी दुईजनाको मृत्यू भएको छ भने तीनजना घाइते भएका छन् ।
– घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
– लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।
– दुर्घटनामा को-पाइलट र एक प्रहरीको मृत्यू भएकव छ । घाइतेमध्ये तीनमध्ये एक पाइलट रहेका छन् ।
– त्रिभुवनविमानस्थलका प्रवता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हाे ।

– दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर हाेस्टेज घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
– दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एकप्रहरी समेत घाइते भएका छन्।
– दुर्घटनाबाट हेलिकप्टरमा समेत क्षति पुगेकाे छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob