scheduleशुक्रवार श्रावण ३ गते, २०७६

नयाँ वर्षमा सरकारको ‘खोलौं बैंक खाता’ अभियान, यस्ता छन् विशेषताहरु

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गरे । सम्बोधनको क्रममा उनले नेपालीलाई ढिलो हिंड्ने सुविधा नभएको आशयको मन्तव्य दिए ।

बालुवाटारबाट दौडन आह्वान गरेका प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहबाट ‘खोलौं बैंक खाता’ अभियानको सुरुवात गरेका छन् । यो अभियानमा प्रधानमन्त्रीले उद्घाटन गरेसँगै शैभर सुरु भएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो ।

यो अभियान सुरु गर्नुपछाडि सरकारको उद्देश्य रहेको छ सबै नागरिकलाई बै‌ंकमार्फत् कारोबार गराउनु । वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको सरकारी निष्कर्षलाई कार्यान्वयन गर्ने पहिलो खुड्किलो बैंक खाता बनाएसँगै यो अभियान सुरु गरिएको छ ।

बैंक खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने र नयाँ खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था गरिएको छ ।

कार्यक्रमको सुरुवात समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएको बताए । उनले यसैको लागि सरकारले बैंक खाता खोल्ने अभियान सुरु गरेको भन्दै खाता खोल्दा उपलब्ध हुने एक रुपैयाँमा थप एक सय थप्न पनि आग्रह गरे ।

कुनै पनि सरकारी परिचयपत्र वा स्थानीय तहले प्रमाणित गरेको फोटोसहितको सिफारिस वा पहिचानपत्र भएपछि सजिलै खाता खोल्न सकिने बताइएको छ ।

यसरी खोलिएको खातामा गरिएको बचतको बैंकअनुसारको व्याजदर फरक हुनेछ ।

हेर्नुहोस् खाता खोल्न सकिने बैंकहरुको सूचि-

कृषि विकास बैंक
बैंक अफ काठमाडौं
सेन्चुरी
सिटिजन्स
सिभिल
एभरेष्ट
ग्लोबल आईएमई
हिमालयन
जनता
कुमारी
लक्ष्मी
माछापुच्छ्रे
मेगा बैंक
नबिल
एनसीसी
नेपाल बंगलादेश
नेपाल बैंक
नेपाल इन्भेष्टमेन्ट
नेपाल एसबीआई
एनआईसी एसिया
एनएमबी
प्रभु
प्रिमियर
राष्ट्रिय वाणिज्य बैंक
सानिमा
सिद्धार्थ
स्ट्याण्डर्ड चार्टर्ड
सनराइज बैंक

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob