scheduleबुधवार बैशाख ११ गते, २०७६

मौसम खबरः केही ठाउँमा मेघगर्जनसहित पानी पर्न सक्ने


काठमाडौं, १ वैशाख । मौसम पूर्वानुमान महाशाखाले उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम अहिले बदली भएको जनाएको छ ।
महाशाखाले काठमाडौंबाट पश्चिमतिर केही ठाउँमा मेघगर्जन पनि भैरहेको जनाएको छ ।

पश्चिमी वायु अहिले काठमाडौंतिर सरिरहेकाले काठमाडौंसहित मध्य क्षेत्रको मौसम बदली भएर केहि ठाउँमा मेघगर्जन र चट्याङ परिरहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलको अनुमान छ ।

मौसममा आएको यो परिवर्तनले आज मध्य र पूर्वको मौसम खुल्ने सम्भावना न्यून छ । दिउँसो केहीबेर मौसम खुले पनि फेरि बदली हुनेछ ।

मौसमविद्हरुका अनुसार आइतबार मध्य र पूर्वका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्नेछ भने उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ भने केही ठाउँमा असिना पनि पर्न सक्नेछ ।

त्यसैगरी, आज र भोलि मध्य र पूर्वको मौसम बदली भए पनि पश्चिमको मौसम भने आंशिक बदली हुनेछ । मंगलबार भने देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्नेसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob