scheduleबुधवार बैशाख ११ गते, २०७६

बुढाबुढीनजिक गएर सरकार ढाल्छु नभन्नुहोला, लौरो खाइएलाः प्रम ओली


काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी लगायतका दलहरुलाई सरकार ढाल्ने कुरा नगर्न चेतावनी दिएका छन् । उनले सरकार ढाल्दिन्छु भनेर कोही बुढाबुढीका नजिक गए लौरो खाइने बताए ।

आइतवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राम्रो गरिरहेको जिकिर गर्दै भने,
‘यो सरकार ढाल्दिन्छौँ भनेर बुढाबुढीको नजिक गएर नभन्नुहोला, लौरो खानुहोला ।’ सरकारविरोधी शक्तिलाई कटाक्ष गर्दै उनले अगाडि थपे, ‘केटाकेटीको अगाडि गएर सरकार ढाल्दिन्छु नभन्नु होला, उनीहरूले ढुंगा टिपेर हान्लान् ।’

प्रधानमन्त्री ओलीले आफ्नै शासनकालमा नेपालमा सबैको ज्यानको सुरक्षा, अधिकारको सुरक्षा, अवसरको सुरक्षा र स्वतन्त्रताको सुरक्षा कायम गर्ने दावी गरे । उनले भने, ‘नेपाल केही वर्षमा स्वस्थ नेपाल बन्नेछ, निरोगी नेपाल बन्नेछ, हामीले नेपाललाई सम्पूर्ण रूपमा सुरक्षित बनाउने अभियान शुरू गरेका छौं । यो सरकार सम्पूर्ण नेपालीको सरकार हो, सरकारले सबैलाई समान अधिकार र अवसर उपलब्ध गराउनेछ ।’

उनले आगामी बजेटमा वृद्धभत्ता बढ्ने बताए । ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने ।

‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो’ उनले भने वृद्धभत्ता बढ्दैछ,’ उनले भने । वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीको बुझाई थियो ।

उनले भने, ‘बिरामी अपवादमा मात्र हुन सक्छन्, कुपोषणका कारण विरामी, अभावका कारणले विरामी, जानकारीका अभावका कारणले बिरामी, रोगलाग्ने वातावरणको सुरक्षाको अभावले विरामी, यस्ता अनेक कारणले हुने विरामी, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर विरामी अब हुँदैनन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob