scheduleशुक्रवार श्रावण ३ गते, २०७६

विराट कोहलीलाई १९ लाख जरिवाना, यस्तो छ कारण


मोहाली, १ वैशाख । आईपीएलको १२औं सिजनमा किंग्स इलेवन पञ्जाबका विरुद्ध भएको खेलको क्रममा स्लो ओभर-रेटका कारण रोयल च्यालेञ्जर्स बैंगलोरका कप्तान विराट कोहरीमाथि १९ लाख २० हजार रुपैयाँ जरिवाना लगाइएको छ ।

आईपीएलको आयोजक भनेको छ, ‘कोहलीको टिमले आईपीएलको आचारस‌ंहिता अन्तर्गत पहिलोपटक स्लो ओभर-रेटको नियम उल्लंघन गरेको छ, यसका लागि कोहलीमाथि १२ लाख भारु जरिवाना लगाइएको छ ।’

आईपीएलको यो सिजनमा कोहली तेस्रो कप्तान हुन्, जसमाथि स्लो ओभर-रेटका कारण जरिवाना लगाइएको छ । उनीभन्दा पहिला मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र राजस्थान रोयल्सका कप्तान अजिंक्य रहाणेमाथि स्लो ओभर-रेटको नियम उल्लंघन गरेको कारण १२-१२ लाख भारु जरिवाना लगाइसकिएको छ ।

यस्तो गल्ती पुनः दोहोर्‍याएमा एउटा खेल खेल्न नपाउनेगरी प्रतिबन्ध लगाउने सम्भावना रहन्छ । बैंगलोरले शनिबार राति मोहालीमा पञ्जाबलाई ८ विकेटले पराजित गर्‍यो । उसले लगातार ६ खेलमा पराजय व्यहोर्दै आएको थियो । आईपीएलका अनुसार विराटले यदि आउँदो खेलमा पनि स्लो ओभर-रेट जारी राखे भने उनलाई एक खेल खेल्नबाट प्रतिबन्ध र साथमा केही जरिवाना पनि लगाउन सकिनेछ ।

स्लो ओभर-रेटिङ अर्थात् सुस्त बलिङ गर्नु खेलको नियममा पर्दैन । आईसीसीको नियम अनुसार कुनै पनि टिमले २० ओभरको खेलमा बलिङ ७५ मिनेटभित्र सक्नुपर्छ । बलिङ गर्दा ७५ मिनेटभन्दा बढी समय लगाएपछि यस्तो कारबाही हुन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob