scheduleशुक्रवार श्रावण ३ गते, २०७६

केन्याको नाइट क्लबबाट पक्राउ परे १२ नेपाली महिला

काठमाडौं, १ वैशाख । केन्या प्रहरीले १२ नेपाली महिलालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई एक नाइट क्लबमा छापा मार्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मानव तस्करीमा परी केन्या पुर्‍याइएका नेपाली महिलाहरु पक्राउ परेको नेपाल प्रहरीले अनुमान गरेको छ । शनिबार बिहान केन्या प्रहरीले छापा मार्नेक्रममा केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारबाट उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नेपाली महिलासँगै क्लबका मालिक आसिफ अलिराली इलिभाइ जेजेठा पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका नेपाली महिलाहरुसँग क्यानडाको पासपोर्ट भेटिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

केन्याको एनटीभीसँग कुरा गर्दै केन्या प्रहरीले बताएअनुसार प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob