scheduleबुधवार बैशाख ११ गते, २०७६

संकटमा जेट एयरवेजः विद्रोह गर्दै ११ सय पाइलट


एजेन्सी, १ वैशाख । १ घण्टा अघि बैशाख १, २०७६ संकटमा गुज्रिरहेको जेट एयरवेजका ११०० पाइलटले भोलिदेखि उडान नभर्ने निर्णय गरेका छन् । राष्ट्रिय संगठन नेश्नल एभियसन गिल्ड (एनएजी)मा आबद्ध ११०० पाइलटले सेवासुविधा नपाएको भन्दै उडान नभर्ने निर्णय गरेका हुन् ।

उनीहरूले सोमबार बिहान १० बजेदेखि कुनै पनि उडान नभर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाइलटका साथसाथै इन्जिनियर र वरिष्ट प्रबन्धकहरूले जनावरीदेखि तलबको माग गर्दै आन्दोलन गरिरहेका छन् । ऋणमा डुबेको कम्पनीले अन्य वर्गका कर्मचारीहरूको मार्च महिनादेखिको तलब भुक्ता गर्न सकेको छैन् ।

‘अहिलेसम्म साढै तीन महिनादेखि तलब पाएका छैनौँ र थाहा छैन हाम्रो कहिले कहिले मिल्छ । त्यसैले हामीले १५ अप्रिलदेखि जहाज नउडाउने फैसालासहित अगाडि बढ्ने निर्णय गरेका छौँ । एयरवेजका सबै ११०० पाइलटले सोमबार बिहानदेखि उडान भर्ने छैनन्’, गिल्डको सूत्रकोको भनाइ उद्धृत् गर्दै हिन्दुस्तान डट्कमले लेखेको छ ।

जेट एयरवेजमा कुल १ हजार ६ सय पाइलट छन्। यसअघि पाइलटहरूले मार्च महिनाबाटै विमान नउडाउने घोषणा गरेका थिए। कम्पनीले १५ अप्रिलसम्म सेवासुविधाको व्यवस्था गर्ने बताएपछि उनीहरूले काम सुचारु गरेका थिए । भारतीय स्टेट बैंकको अगुवाइमा बैंकहरूको एउटा समूह पछिल्लो समय जेट एयरवेजको समस्या समाधानका लागि काम गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob