scheduleबिहिवार बैशाख १२ गते, २०७६

इण्डियन प्रिमियर लिग: सन्दीपको टिम दिल्ली दोस्रो स्थानमा उक्लियो

काठमाडौँ, २ वैशाख । इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीले खेल जित्यो तर, सन्दिप टिममा परेनन् ।

टर हारेर व्याटिङ गरेको दिल्लीले १५६ रनको लक्ष्य हैदरावादलाई दिएको थियो । तर, हैदरावादले १८ ओभर ५ बलमा अलआउट हुँदै ११६ रनमात्र बनाउन सक्यो ।

हैदरावादका डेभिड वार्नरले ५१ रन, जोनी बियर्स्ट्रोले ४१ रन जोडे ।

दिल्लीका कागीसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान तीनतीन विकेट लिन सफल भएका थिए ।

दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

कप्तान श्रेयस आयरले ४५, कोलिन मुन्रोले ४० रन, ऋषब पन्तले २३ रन, अक्षर पटेल अविजित १४ रनको योगदान गरे ।

हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

दिल्लीको यो पाँचौ जित हो । यो जितसँगै दिल्लीको १० अंक भएको छ ।

हैदरावादले ७ खेलमा ३ जितसहित ६ अंक जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob