scheduleबिहिवार बैशाख १२ गते, २०७६

‘रियलका धेरै खेलाडी बेच्नुपर्छ’

काठमाडौँ, २ वैशाख । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले रियलका धेरै खेलाडी बेच्न सकिने बताएका छन् ।

रियलमा पुनरागमन गरेका उनले रियललाई नयाँ रणनीतिका रुपमा अगाडि बढाउने सोचमा रहेका छन् ।

रियलमा रहेका केही खेलाडीहरुको खेलबाट उनी खुसी रहेका छैनन् ।

केही युवा खेलाडीको खेलदेखि भने उनी अत्यन्त खुसी र आशावादी रहेका छन् ।

उनले भनेका छन्, ‘रियलका केही खेलाडीहरु उत्कृष्ट रहेका छन्, तर, केही खेलाडीलाई बेच्नु पर्ने अवस्था पनि आएको छ ।’
यस सिजन रियलले खासै गतिलो खेल खेल्न सकिरहेको छैन । आउने सिजनका लागि रियलले नयाँ राणनीति तयारीमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob