scheduleशुक्रवार श्रावण ३ गते, २०७६

बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना, एकको मृत्यू

प्रतिकात्मक तस्बिर

गौशाला, २ वैशाख । बीपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सप्तरीको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते भई उनको उपचार बर्दिवासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

काठमाडौँबाट स ८ प ४३७६ नम्बरको मोटरसाइकलमा चढी दुवै जना सप्तरी जाँदै गर्दा बर्दिवास नपा–३ कालापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचारका क्रममा जीतेन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob