scheduleशुक्रवार श्रावण ३ गते, २०७६

सुडानमा सैन्य शासनको विरोध चर्कर्दै


एजेन्सी, २ वैशाख । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यलाई पक्राउ गरेको छ । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यलाई पक्राउ गरेको हो ।

सेनाले विपक्षीहरूको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्नेसमेत स्पष्ट पारेको बीबीसीले जनाएको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत विहीबारदेखि मुलुकमा सैन्य शासन लागु गरेको थियो ।

सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरू भइरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob