scheduleबिहिवार बैशाख १२ गते, २०७६

वैदेशिक रोजगारबाट फर्कनुभएको हो ? भोलिबाट निशुःल्क सीप परीक्षण


काठमाडौं, २ वैशाख । तपाईं वैदेशिक रोजगारबाट फर्कनुभएको हो ? र, तपाईंले वैदेशिक रोजगारको क्रममा केही सीपहरु सिक्नुभएको छ ? यदि छ भने मंगलबारबाट सरकारले तपाईंको निःशुल्क सीप परीक्षण सरकार गर्दैछ ।

भोलि मंगलबारदेखि वैशाख ७ गते शनिबारसम्म यसअघि आवेदन दिइसकेका कामदारको निःशुल्क सीप परीक्षण गर्ने तालिका सरकारले तय गरेको छ । यसअघि ०७५ मंसिरमा सरकारले सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । त्यतिबेला झण्डै ५ सय कामदारले आवेदन दिएका थिए ।

वैदेशिक रोजगार व्यवस्थापन बोर्डका अनुसार सरकारले सीप परीक्षण गरेर प्रमाणपत्र दिने तयारी गरेको छ, जुन प्रमाणपत्रको आधारमा उनीहरुले स्वदेशमै रोजगारको अवसर पाउनेछन् । बोर्डका अनुसार वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ ।

स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्टि्रसियन, बिल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एन्ड एअर कन्डिसन जुनियर मेकानिक्स र आल्मुनियम फेब्रिकेटर, सटरिङ कार्पेन्ट्रीमा काम गरेकाहरु लगायत यसपटक २० प्रकारका सीपहरु परीक्षण हुनेछ ।

अन्य सीपहरुमा टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेब्रिकेटर, सेक्युरिटी गार्ड, इन्डस्ट्रिययल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन सीप परीक्षणपछि प्रमाणित गरिने बोर्डले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob