scheduleबिहिवार बैशाख १२ गते, २०७६

ठूला माछा खोज्दै बालुवाटार पुग्यो विवेकशील साझा


काठमाडौं, २ वैशाख । विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ ।

‘ठूला माछा समाउ अभियान’ अन्तर्गत आज बिहान १० बजे विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो ।

बालुवाटारभित्रको सरकारी जग्गा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीनको नाममा आएको देखिएको थियो । पार्टीको अभियान विभागले भ्रष्टाचारको विरोधमा देशव्यापी दबाब सिर्जना गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरिएको विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob