scheduleबिहिवार बैशाख १२ गते, २०७६

विदेश मुद्रासहित पक्राउ परे विदेशी नागरिक


काठमाडौं, २ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रासहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेज जाँच गर्ने क्रममा माक्सीको साथबाट युएस डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएस डलर ६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि उक्त मुद्रा सहित राजश्व विभाग हरिहर भवन पुल्चोक पठाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob