scheduleबिहिवार बैशाख १२ गते, २०७६

नागरिक सरकार गठनको माग गर्दै सुडानमा प्रर्दशन जारी


एजेन्सी, २ वैशाख । सुडानमा सुरु भएको प्रर्दशन अझै रोकिएको छैन । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ ।

सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्ने समेत स्पष्ट पारेको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो ।

सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा प्रदर्शन भइरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob