scheduleबिहिवार बैशाख १२ गते, २०७६

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन प्रदेश सरकारले स्वीकृत गर्न पाउने


काठमाडौं, २ वैशाख । उद्योग स्थापनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन प्रदेश सरकारले स्वीकृत गर्न पाउने भएको छ ।

इआइए प्रतिवेदन संघीय सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालय मातहत वातावरण विभागबाट स्वीकृत हुँदै आएको थियो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश भित्र स्थापना हुने उद्योगको इआइए प्रतिवदेन स्वीकृत गर्न पाउने गरी प्रस्ताव गरेको कार्यविधि प्रदेश मन्त्रीपरिषद्ले स्वीकृत गरेको हो ।

विशेषगरी उद्योग सञ्चालनपूर्व इआइए प्रतिवेदन अनिवार्य स्वीकृत गराउनु पर्ने हुँदा काठमाडौंबाट काम लिन असहज भएको गुनासो थियो । लगानीको वातावरण बन्दै गइरहेकोले मातहत मन्त्रालयबाट प्रतिवेदन स्वीकृति दिँदा उद्योगी व्यवसायीलाई सहज हुने विश्वास लिइएको भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob