scheduleबुधवार भाद्र ४ गते, २०७६

आर्सनलको कठिन जित

काठमाडौँ, ३ वैशाख । गएराति भएको प्रिमियर लिगमा आर्सनलले वाटफोर्डमाथि कठिन जित निकाल्न सफल भएको छ ।

यस सिजन शिर्ष चारका लागि संघर्षरत आर्सनलले वाटफोर्डविरुद्ध १-० गोलको जित हात पारेको हो ।

आर्सनलको जितमा पेरि इमरिक एउमयाङले गोल गरे ।

उनले खेलको १० औँ मिनेटमा गोल गरे । खेलको ११ औँ मिनेटमा वाटफोर्डलाई झट्का लाग्यो जब डिने रातो कार्ड खाँदै बाहिरिए ।

यो जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ । आर्सनलको ३३ खेलमा ६६ अंक भएको छ । वाटफोर्डको ४६ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage