scheduleबिहिवार बैशाख १२ गते, २०७६

म्याच प्रिभ्युः आफ्नै घरेलु मैदानमा कतै बार्सिलोना म्यानुसँग पराजित हुने त होइन ?

काठमाडौँ, ३ वैशाख । आज राति हुने च्याम्पियन्स लिगमा बार्सिलोनाले घरेलु मैदानमा सानदार जित हासिल गर्ने अपेक्षा समिक्षकहरुले गरेका छन् ।

यस सिजन उच्च फर्ममा रहेको बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने सपना बुनिरहेको छ । पहिलो खेलमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले घरेलु मैदानमा म्यानुलाई रोक्ने बताइएको छ ।

म्यानुको घरेलु मैदानमा लुक सअले आत्मघाती गोल गरेका थिए । अवे गोलको अग्रता बनाएको बार्सिलोनाले म्यानुलाई रोक्न कठिन हुने केही समिक्षकहरु बताउँछन् ।

दुईपटक च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँग पराजित भएको म्यानु इतिहास रच्ने दाउमा रहेको छ ।

दुवै टोली उच्च फर्ममा रहेका छन् । म्यानुले मिडफिल्ड बलियो बनाउन सके बार्सिलोना पराजित हुने समिक्षकहरु बताउँछन् । पिएसजीविरुद्ध सानदार कमव्याक गरेको म्यानुले बार्सिलोनाविरुद्ध पनि गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob