scheduleआइतवार श्रावण ५ गते, २०७६

म्याच प्रिभ्युः रियल मड्रिडलाई झैँ युभेन्ट्सलाई पनि पाखा लगाउने दाउमा आयाक्स

काठमाडौँ, ३ वैशाख । रियल मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको यात्रा तय गरेको आयाक्सले युभेन्ट्सको मैदानमा आमनेसामने गर्दैछ । क्वाटफाइनलको  पहिलो खेलमा एकएक गोलको बराबरी खेले पनि युभेन्ट्सलाई अवे गोलको एडभान्टेज रहेको छ ।

यस सिजन उच्च फर्ममा रहेको युभेन्ट्सका लागि रोनाल्डो प्लस पोइन्ट रहेका छन् । उनले यदी युभेन्ट्सबाट पनि च्याम्पियन्स लिग जित्न सकेमा तीनवटा क्लबबाट च्याम्पियन्स लिग जित्ने खेलाडीको रुपमा उनी परिचीत हुनेछन् ।

यसै कारण पनि उनी इटालियन लिग खेल्न गएको बताइएको थियो । उनले च्याम्पियन्स लिगलाई विशेष महत्वका साथ लिएको समेत बताइएको छ । पहिलो लिगमा गोल गरेका रोनाल्डोले सहजै युभेन्ट्सलाई सेमिफाइनलमा पुर्याउन अहम भुमिका खेल्ने अपेक्षा समिक्षकहरुले गरेका छन् ।

तर, युभेन्ट्सको च्याम्पियन्स लिगमा लामो अनुभव भएका कारण पनि आयाक्सलाई कठिन हुने अनुमान गरिएको छ ।
युभेन्ट्सको घरेलु मैदानमा नतिजा आफ्नो पक्षमा पार्न आयाक्स ललायित देखिएको अनुमान गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob