scheduleशुक्रवार कार्तिक १ गते, २०७६

कोरियामा भण्डारीको शव बेवारिसे, आर्थिक सहयोगको अपिल

एसपी यादव/ दक्षिण कोरिया, ३ वैशाख । इपिएस मार्फत करिब ८ बर्ष अगाडि कोरिया आएका काठमाण्डौं निवासी ध्रुव भण्डारीको गत साता हृदय घातको कारण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतक भण्डारीको शव नेपाल पठाउन आर्थिक समस्या भएको एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले जानकारी गराएकी छिन् ।

अध्यक्ष गुरुङका अनुसार मृतक भण्डारीको उपचारको क्रममा २ करोड ६८ लाख कोरियन वन खर्च भइसकेको बताइन् । मृतक भण्डारीलाई अस्पतालको सघन कक्षमा राखी उपचार गरिएको थियो ।

कोरियाको थाङ्गजिन स्थित एक कम्पनीमा कार्यरत भण्डारी आफ्नो वैधानिक भिषा सकिएपछि अवैधानिक रुपमा बस्दै आएका थिए । अवैधानिक भएकै कारणले उनी कार्यरत कम्पनि तथा बिमा समेतले नत उपचार खर्च तिर्न तयार भए नत मृतक भण्डारीको शव नेपाला पठाउन कुनै पहल गर्न तयार भए तसर्थ समस्या जटिल बन्दै गएको अध्यक्ष गुरुङले जनाइन् ।

मृतक भण्डारीको शव नेपाल पठाउन आर्थिक समस्या भएपछी नेपाल देखि उनको श्रीमतीले आग्रह गर्दै कोरियामा रहेका विभिन्न संघ संस्था, एनआरएनए, एनसीसी तथा एमटियु समेतलाई पत्राचार गरेको जानकारी  दिइन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage