scheduleबुधवार मंसिर ४ गते, २०७६

असान्जेको गिरफ्तारीपछि सरकारी संस्थामा ४ करोड साइबर आक्रमण


क्वितो, ३ वैशाख । विकिलिक्सका संस्थापक जुलियन असान्जे (४७) लाई पक्राउ गरिएपछि संसारभरीबाट इक्वेडरका सरकारी संस्थाका वेबसाइटमा ४ करोड साइबर आक्रमण भएको छ । यस्तो जानकारी सोमबार इक्वेडरका सूचना तथा सञ्चार विभागका उपमन्त्री पैट्रिको रियलले दिएका हुन् ।

बेलायती प्रहरीले बुधबार असान्जेलाई गिरफ्तार गरेको थियो । उनी २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए ।

बढी साइबर हमला दक्षिण अमेरिकी देशका साथै अमेरिका, ब्राजिल, नेदरल्याण्ड, जर्मनी, रोमानिया, फ्रान्स, अस्ट्रिया र बेलायतबाट भएको दावी उपमन्त्री पैट्रिकले गरेका छन् । यसक्रममा विदेश मन्त्रालय, केन्द्रीय बैंक, राष्ट्रपति कार्यालय, राजस्व सेवाहरु र कयौं मन्त्रालय र विश्वविद्यालयका वेबसाइटहरुलाई निशाना बनाइएको थियो ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले अन्तर्राष्ट्रिय सम्झौताको लगातार उल्लंघन भइरहेकोले असान्जेलाई शरण दिन अस्वीकार गरेको दावी गरे । यद्यपि, विकिलिक्सले असान्जेको राजनीतिक शरण अन्तर्राष्ट्रिय सम्झौताको उल्लंघनको हवाला दिएर इक्वेडरले गैरकानुनी काम गरेको बताएको छ । विकिलिक्सले अमेरिकी जाँच एजेन्सी सीआईएलाई यस कामको पछाडि दोषी देखाएको छ ।

इक्वेडरका साथ असान्जेको सम्बन्ध त्यतिबेला बिग्रियो जब उनीमाथि राष्ट्रपति मोरेनोसँग जोडिएका निजी जानकारी सार्वजनिक गरेको आरोप लाग्यो । मोरेनोले पनि असान्जेमाथि शरण दिँदाको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यद्यपि, उनले बेलायतसँग असान्जेलाई यातना दिने वा मृत्यूदण्ड दिने देशमा नपठाउन अपिल गरेका छन् ।

सन् २०१० मा स्वीडेको प्रहरीले बलात्कार र यौन शोषणको सवालमा जुलियन असान्जेसँग सोधपुछ गरेको थियो । यसपछि असान्जेको विरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गरिएको थियो किनकी बलात्कार र यौन शोषणको आरोपमा उनीसँग थप सोधपुछ गर्न सकियोस् ।

यद्यपि, सन् २०१२ मा असान्जेले इक्वेडर दूताबासमा शरण लिएपछि उनीमाथिको बलात्कारको आरोप हटाइएको थियो । तर पनि, असान्जेलाई दूताबासबाट निस्कन निषेध गरिएको थियो । किनकी, उनी पक्राउ परेमा विकिलिक्सले खुलासा गरेको कामसँग जोडेर उनलाई अमेरिका सुपर्दगी गर्न पनि सकिन्थ्यो ।

मार्च २०१८ मा असान्जेको इन्टरनेट कनेक्शन पनि काटिदिइएको थियो । असान्जेद्वारा बाँकी देशको सम्बन्धलाई लिएर कुनै सन्देश नपठाउन गरिएको प्रतिज्ञा तोडेका त थिएनन् तर उनले विकिलिक्समार्फत् इराक युद्धसँग जोडिएका चार लाख दस्तावेज सार्वजनिक गरेका थिए । यसैका कारण अमेरिका, बेलायत र नाटोका सेनामाथि युद्ध अपराधको आरोप लागेको थियो ।

असान्जेमाथि अमेरिकी राष्ट्रपति चुनावको क्रममा रुसी खुफिया एजेन्सीले हिलारी क्लिन्टनको अभियानसँग जोडिएका इमेल ह्याक गरेर उक्त डाटा विकिलिक्सलाई दिएको पनि आरोप लागेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage