scheduleआइतवार श्रावण ५ गते, २०७६

आईपीएलः पञ्जाब र राजस्थानको भिडन्त आज

नयाँ दिल्ली, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आज किंग्स इलेभन पञ्जाव र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । यो यस सिजनको ३२ औं खेल हो ।

रविचन्द्र आश्विनको कप्तानीमा रहेको पञ्जाव र अजिन्क्या रहाणेको कप्तानीमा रहेको राजस्थानबीचको आजको खेल चण्डिगढ स्थित मैदानमा राति सवा ८ बजेबाट सुरु हुनेछ । यो सिजनमा उनीहरुको आज दोस्रो खेल हो । यसअघि भएको खेलमा पञ्जाबले राजस्थानलाई १४ रनले हराएको थियो । ७ खेल खेलेको राजस्थानले २ खेलमा जित हात पार्दै ४ अङ्क जोडेको छ । ८ खेल खेलेको पञ्जावले ४ खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ ।

आज खेल हुन लागेको मोहाली रंगशालामा राजस्थानले ६ वर्षदेखि जित निकाल्न सकेको छैन ।

को को छन् टिममा ?
राजस्थान रोयल्स : अंजिक्य रहाणे (कप्तान), जोस बटलर (विकेटकीपर), स्टीव स्मिथ, सञ्जु सैमसन, बेन स्टोक्स, कृष्णप्पा गौतम, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट, धवल कुलकर्णी, वरुण अरोन, मनन वोहरा, आर्यमन बिड़ला, शशांक सिंह, लियाम लिविंगस्टोन, रियान पराग, स्टुअर्ट बिन्नी, शुभमन रंजाने, महिपाल लोमरोर, प्रशान्त चोपडा, ईश सोढी, ओशाने थोमस, सुधीसन मिथुन ।

किंग्स इलेवन पंजाब : रविचंद्रन अश्विन (कप्तान), क्रिस गेल, केएल राहुल, मयंक अग्रवाल, करुण नायर, निकोलस पूरन (विकेटकीपर), मनदीप सिंह, वरुण चक्रवर्ती, मुजीब उर रहमान, एंड्रयू टॉय, अंकित राजपूत, डेविल मिलर, सरफराज खान, मोएसेस हेनरिक्स, हरप्रीत बरार, सैम कुरन, सिमरन सिंह, मुरुगन अश्विन, मोहम्मद शमी, हार्डुस विलजोएन, अर्शदीप सिंह, दर्शन नलकांडे, अग्निवेश अयाची ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob