scheduleबिहिवार बैशाख १२ गते, २०७६

च्याम्पियन्स लिगः आक्रामक आयाक्स सेमिफाइनलमा, रोनाल्डोको सपना चक्नाचुर

काठमाडौँ, ४ वैशाख । गएराति भएको च्याम्पियन्स लिगमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सपना चक्नाचुर भएको छ ।

आयाक्ससँग नमिठो हार भोगेपछि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

क्वाटरफाइनलको पहिलो लिगमा एकएक गोलको बराबरी खेल खेलेपनि क्वार्टरफाईनलको दोस्रो लेगमा आयाक्सले युभेन्ट्सलाई २-१ गोलले पराजित गर्न सफल भएको हो । समग्रमा ३–२ को नतिजा निकाल्दै आयाक्स सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

युभेन्ट्सका लागि खेलको २८ औ मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ३४ औ मिनेटमा भान डि विकले बराबरी गोल फर्काए । युवा कप्तान खेलाडी डि लिग्टले ६७ औ मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob