scheduleआइतवार श्रावण ५ गते, २०७६

बलियो बार्सिलोनाको सामु निरिह बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ४ वैशाख । गएराति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लिग चरणको खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडमाथि प्रभावशाली जित निकाल्न सफल भएको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा म्यानु ३-० गोलले पराजित हुन पुग्यो । म्यानुले एक गोल पनि फर्काउन सकेन । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल गरे भने फिलिपिन्हो कोटिन्होले एक गोल गरे ।

समग्रमा बार्सिलोना ४-० गोलको जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
मेस्सीले खेलको १६ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको २० औ मिनेटमा उनले नै दोस्रो गोल गरे । खेलको ६१ औँ मिनेटमा काउटिन्होले गोल गरे ।

बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob