scheduleबिहिवार बैशाख १२ गते, २०७६

इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको अर्को खराब प्रदर्शन

काठमाडौँ, ४ वैशाख । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई पन्जाबले १२ रनले पराजित गरेको छ ।

पन्जाबले दिएको १८३ रनको लक्ष्य पछ्याएको राजस्थानले पुरै २० ओभर जम्मा १६८ रनमात्र बनाउन सक्यो ।

राजस्थानका लागि राहुल त्रिपाठीले ५० रन, स्टुवार्ड बिनीले अविजित ३१ रन, संजु सामसनले २७ रन,अन्जिंका रहानेले २६ रन र जोश बट्लरले २३ रन बनाउन सफल भए ।

पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले दुईदुई विकेट लिन सफल भएका थिए ।

पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

पन्जाबको लागि लोकेश राहुलले ५२ रन, डेभिड मिल्लरले ४० रन, क्रिस गेलले ३० रन, मायांक अग्रवालले २६ रन, रविचन्द्र आश्विन १७ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिन सफल भए ।

यो पन्जाबको पाँचौ जित हो । पन्जाबले ९ खेलबाट १० अंक बनाएको छ ।

राजस्थान ८ खेलबाट ४ अंकका साथ अन्तिम स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob