scheduleबिहिवार बैशाख १२ गते, २०७६

‘मेस्सी भएपछि खेल जित्न कठिन हुँदैन’

काठमाडौँ, ४ वैशाख । यस सिजन म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा अप्रत्यासित नतिजा हात पार्ने अपेक्षा लिइएको थियो । तर, बार्सिलोना सामु कमजोर देखिएको म्यानु च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

म्यानु च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक ओले गनर सोल्सायरले प्रक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘बार्सिलोना च्याम्पियन्स लिग जित्न योग्य टोली हो । सबै खेलाडी उच्च फर्ममा रहेका छन् । उनीहरुले हामीविरुद्ध गुणस्तीय खेल प्रदर्शन गरेका छन् ।’

उनले मेस्सीको तारिफ समेत गर्दै भने, ‘मेस्सी जस्ता खेलाडी भएपछि नतिजा निकाल्न पनि उत्तिकै सहज हुन्छ । उनी एक अलौकिक खेलाडी हुन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob