scheduleबिहिवार बैशाख १२ गते, २०७६

म्याच प्रिभ्युः पोर्तोविरुद्ध लिभरपुलले सहज जित निकाल्ने अनुमान

काठमाडौँ, ४ वैशाख । च्याम्पियन्स लिगमा आज राति हुने क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले पोर्तोको घरेलु मैदानमा आमने सामने गर्दैछ ।

पहिलो लिगमा लिभरपुलले पोर्तोलाई २-० गोलले पराजित गरेको थियो । यस सिजन उच्च फर्ममा रहेको लिभरपुल उच्च फर्ममा रहेको छ ।

लिभरपुलका स्टार खेलाडीहरु लयमा रहेका कारण पनि सहज जित हात पार्ने समिक्षकहरु बताउँछन् । पोर्तोले घरेलु मैदानको फाइदा लिन सक्ने केही समिक्षकहरु बताउँछन् ।

तर, बलियो टोली लिभरपुलविरुद्ध गोल गर्न निकै कठिन हुने समिक्षहरु बताउँछन् । हालसम्म पोर्तोले लिभरपुललाई पराजित गर्न सकेको छैन ।

लिभरपुलका स्टार खेलाडीहरु साडियो माने, मोहमम्द सलाह, फिर्मिन्हो जस्ता खेलाडीहरुलाई रोक्न कठिन रहेको उनीहरु बताउँछन् ।

प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने दाउमा रहेको लिभरपुलले पोर्तोमाथि सहज जित निकाल्दै सेमिफाइनलमा बार्सिलोनासँग भिड्ने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob