scheduleआइतवार श्रावण ५ गते, २०७६

आईपीएलः चेन्नई र हैदरावादको भिडन्त आज


काठमाडौं, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ । शिर्ष स्थानमा रहेको चेन्नई र छैठौं स्थानमा रहेको हैदरावादबीचको खेल हैदरावादको घरेलु मैदानमा राति ८ बजेबाट सुरु हुनेछ ।

अहिलेसम्म चेन्नई सुपर किंग्स ८ खेलमा ७ खेल जित्दै १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स ८ खेलमा ५ खेल जितेर १० अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

पञ्जाब ९ खेलमा ५ खेल खेल्दै १० अंकसहित चौथो स्थानमा, कलकत्ता ८ खेलमा ४ खेल जितेर ८ अंकसहित पाँचौं स्थानमा, हैदरावाद ७ खेलमा ३ खेल जित्दै ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी राजस्थान रोयल्स ८ खेलमा २ खेल जित्दै ४ अंकसहित सातौं स्थानमा र बैंगलोर ८ खेलमा १ खेल जितेर २ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob