scheduleआइतवार जेष्ठ १२ गते, २०७६

जहाँ परिवार नियोजन गर्दैनन् लामा समुदाय


मुगु, ४ वैशाख । मुगु जिल्लाको पुर्वी करान भेगमा बसोबास गर्ने लामा समुदायले परिवार नियोजन गर्दैनन् । मुगुम कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने अधिकांश पुरुषहरुले स्थायी बन्ध्याकरण गर्दैनन् । मुगुमकार्मारोङ गाउँपालीको ९ वडा मध्ये ८ वडामा लामा समुदायको बसोबास रहेको छ ।

त्यस क्षेत्रमा बसोबास गर्ने लामा समुदायमा स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या शुन्य छ । मुगुमकार्मरोङ्ग गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष हरु कुल देउता रिसाउने भन्दै यस्तो गर्न तयार नभएका स्थानीय बताउँछन् ।

स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनी स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरुले बन्ध्याकरण नगरेको मुगुमकार्मारोङ्ग गाउँपालीका वडा नं ६ का कार्मा छिरिङ लामाले बताए ।

यता मुगुमकामारोङ्ग गाउँपालीका स्वास्थ्य संयोजक सिङदल बुढाका अनुसार स्थायी बन्ध्याकरणका गर्न लामा समुदायका महिला पुरुष स्थास्थ्य संस्थामा आएको तथ्याङ्क नै छैन ।

महिलाहरुले भने अस्थायी परिवार नियोजनका साधन डिपो प्रयोग गर्ने र डिपो लगाउन आउने गरेका भएपनी पुरुषहरु परिवार नियोजन गर्न स्यास्थ्य संस्थामा आएको कुनै तथ्याङ्क नभएको मुगुमकामारोङ्ग गाउँपालिका स्वास्थ्य संयोजक सिङ्दलले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob