scheduleआइतवार श्रावण ५ गते, २०७६

केसीको कप्तानीमा बन्यो १४ सदस्यीय यू-१६ टोली


काठमाडौँ, ४ वैशाख । एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । थाइल्याण्डमा आयोजना हुने यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की
टोलीमा अटेका छन् । त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् ।
टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् । वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालको पहिलो भिडन्त म्यानमारसँग वैशाख ७ गते हुनेछ । उक्त खेल उद्घाटन खेल हुने जनाइएको छ ।

समूह ए’ मा नेपालसहित आयोजक थाइल्याण्ड र मलेसिया रहेका छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् । नेपाली टोली भोली थाइल्याण्ड जानेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob