scheduleबिहिवार भाद्र ५ गते, २०७६

अस्पतालसम्म पहुँच नपुगेपछि बिरामीको मृत्यू


बाजुरा, ४ वैशाख । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा उपचार हुन नसक्दा आज एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा बाजुराको विकट हिमाली गाउँपालिका ६ पाडीका स्थानीय सुरेश भण्डारी रहेको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

२७ बर्षका भण्डारीलाई एक सातादेखि टाउको दुख्ने, ज्वरो आउने र बेहोस हुने जस्ता लक्षण देखा परको थियो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आउन एक दिनको पैदल यात्रा गर्नुपर्ने, गाउँमा यातायातको सुबिधा नभएकाले बोकेर ल्याउन असम्भव भएको उनका आफन्तले बताए ।

एक साता यतादेखि पानी परिरहेकाले बाटो अप्ठ्यारो भएका कारण उनलाई बाकेर कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याउन पनि नसकिएको र उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage