scheduleआइतवार श्रावण ५ गते, २०७६

घरमा पुलिस पुगेपछि पूर्व राष्ट्रपतिले आफूमाथि गोली चलाए


एजेन्सी, ५ वैशाख । पेरुका पूर्व राष्ट्रपति एलन गर्सियाले अचम्मको क्रियाकलाप गरेका छन् । घुस जाँचको क्रममा घरमा प्रहरी पुगेपछि गर्सियाले आफैंमाथि गोली चलाएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार गोली लागी घाइते ६९ वर्षीय गर्सियालाई तत्काल अस्पताल पुर्‍याइएको थियो । सर्जरीसँगै कोमामा पुगेका उनको केही घण्टामा निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रभावशाली भाषणहरुका कारण चर्चित उनी दुईपटकसम्म पेरुका राष्ट्रपति भइसकेका छन् ।

उनलाई पछिल्लो समय ब्राजिलको एक निर्माण कम्पनीसँग जोडिएको विषयमा अनुसन्धानको घेरामा पारिएको थियो । जाँचको समयमा उनलाई देशबाहिर जान प्रतिबन्ध समेत लगाइएको थियो ।

प्रतिबन्धसँगै उनले उरुग्वेसँग राजनीतिक शरण मागे पनि राज्यले त्यसका लागि अनुमति दिएको थिएन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob